सलमानले खुट्टा छोएर भने पनि म ‘राधे’को रिभ्यु गर्न छोड्दिनँ : केआरके एजेन्सी। बलिउड अभिनेता सलमान खान र कमाल राशिद खान(केआरके)बीच फिल्म ‘राधे’को रिभ्युलाई लिएर विवाद बढ्दै गइरहेको छ। यसैबीच केआरकेले एक ट्विटमा सालमान खानलाई एक चुनौती दिएका छन्। केआरकेले सलमान खानले उनको खुट्टा छोएर फिल्मको रिभ्यु नगर्न भनेपनि आफूले रिभ्यु गर्न नछाड्ने बताएका छन्। केआरकेको यो ट्वीट सलमानको फिल्म निर्माण टिमले उनीविरुद्ध मानहानीको मुद्धा हालेपछि आएको हो।
प्रतिक्रिया दिनुहोस्