निर्धारित समयभन्दा एक महिना पछि सर्यो ओस्कर अवार्ड समारोह
एजेन्सी। 'ओस्कर अवार्ड' आयोजना गर्ने 'एकेडेमी अफ मोशन पिक्चर आटर्स एन्ड साइन्सेज' (एएमपीएएस)ले २०२२ मा हुने समारोहलाई एक महिना पछि सार्ने निर्णय गरेको छ। एएएमपीएएसले एक वक्तब्य जारी गर्दै २०२२ को फरवरी २७ मा हुने भनिएको ९४औं ओस्कर अवार्ड समारोह मार्च २७ मा आयोजना गरिने उल्लेख गरेको हो।
प्रतिक्रिया दिनुहोस्
