सर्जरीपछि महिलाबाट पुरुष बनिन् हलिउड अभिनेत्री, इन्स्टाग्रामको फोटो भाइरल एजेन्सी। केही समयअघिमात्रै आफू ट्रान्सजेन्डर भएको घोषणा गरेकी हलिउड सिनेमाकी प्रशिद्ध अभिनेत्री एलियट पेज (एलन पेज)आफूले लिङ्ग परिवर्तन गरेको बताएकी छिन्। एलियटले इन्स्टाग्राममा एक पोष्ट गर्दै सर्जरी गरेर आफू महिलाबाट पुरुष बनेको जानकारी दिएकी हुन्। पोष्टसँगै उनले एक आफ्नो ‘सिक्स प्याक’ भएको तस्वीर पनि शेयर गरेकी छिन्, जसले हाल सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।
प्रतिक्रिया दिनुहोस्