‘ब्रह्मास्त्र’ को निर्देशक बने अयान मुखर्जी एजेन्सी। ‘वेक अप सिड’ र ‘ये जवानी हे दिवानी’मा निर्देशक र र लेखकको भूमिका निभाएका अयान मुखर्जी हाल मेगाबजेट र भारी भिएफएक्स रहेको फिल्म ‘ब्रह्मास्त्र’फिल्मको निर्देशकको भूमिकामा रहने भएका छन्। रमाइलो पक्ष अयानको हालसम्मको तीनै फिल्मको लिड रोलमा अभिनेता रणबीर कपूर नै रहेका छन्।अयानले निर्देशनगर्ने ‘ब्रह्मास्त्र’मा रणबीरसँगै आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोय अहम भूमिकामा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्