दुई वर्षपछि फिल्ममा अल्लु सिरीश, प्री–लुक पोष्टर सार्वजनिक एजेन्सी। दक्षिण भारतका स्टार अल्लु अर्जुनका दाजु अल्लु सिरीश दुईवर्षपछि नयाँ फिल्ममा देखिने भएका छन्। सिरीशको नयाँ फिल्मको बिहिबार प्री–लुक पोस्टर रिलिज भएको हो। फिल्मको प्री–लुकमा एक जोडीको गहन दृश्यलाई चित्रित गरिएको छ। जसको माथिल्लो भागमा अभिनेता र अभिनेत्रीको नाम लेखिएको छ। नाम पक्का नभइसकेको फिल्ममा सिरीशसँगै अनु इमानुएल देखिएकी छिन्। फिल्मको फस्र्टलुक मे३० सार्वजनिक गरिने घोषणा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्