‘आरआरआर’ सिनेमाघरमा रिलिजपछि हिन्दीमा प्रशारण गर्ने अधिकार नेटफ्लिक्सलाई एजेन्सी। भारतमा आफ्नो सबस्क्राइबर्स बढाउन जोडतोडले लागेको नेटफ्लिक्सले बुधबार निर्देशक एस.एस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ सिनेमाघरहरुमा रिलिज भएपछि हिन्दीमा प्रशारण गर्ने अधिकार खरिद गरेको छ। यसका लागि नेटफ्लिक्सले फिल्म निर्माता टिमलाई निकै मोटो रकम बुझाएको छ। राजामौलीको यो फिल्ममा दक्षिण भारतका सुपरस्टार राम चरन र जुनियर एनटिआरका साथै बलिउड स्टार अजय देवगन र आलिया भट्टलाई पनि देख्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्