सूर्यवंशीमा सिंघम र सिम्बाको तीस मिनेटको एक्सन एजेन्सी। भारतीय चलचित्र निर्देशक रोहित शेट्टीको निर्देशन र अक्षय कुमारको प्रमुख भूमिकामा बन्दै गरेको चलचित्र सूर्यवंशीमा अजय देवगन र रणवीर सिंहको करीब तीस मिनेट एक्सनले भरीपूर्ण भएको विषेश प्रस्तुती देख्न पाइने भारतीय मिडियाले खुलाएका छन्। चलचित्रमा अजय सिंघम र रणवीर सिम्बाको भूमिकामा रहनेछन्। चलचित्र प्रदर्शनको मिति भने पक्का भएको छैन।
प्रतिक्रिया दिनुहोस्