सलमानद्वारा चलचित्र समिक्षकमाथि अदालतमा उजुरी
एजेन्सी। बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र राधेले समिक्षकहरुको खराब समिक्षा पाएको थियो। चलचित्र समिक्षक कमाल राशिद खान(केआरके)ले उक्त चलचित्र रुँदै हेरेको भन्दै नकारात्मक समिक्षा गरेका थिए,जुन सलमान खानलाई मन परेन। यसकारण उनले केआरकेमाथि मुम्बईको अदालतमा मानहानीको उजुरी दर्ता गरेका थिए। यसको प्रतिक्रिया स्वरुप केआरकेले अबदेखि सलमानको कुनै चलचित्रको समिक्षा नगर्ने र राम्रो चलचित्र बनाउन सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
