‘द फेमिली म्यान–२’ का निर्माताले विरोधीलाई भने– रिलिजपछि शो हेर्नुहोला
एजेन्सी। ट्रेलर सार्वजनिक भएदेखि विवादमा फँसेको मनोज बाजपेयी अभिनित वेबसिरीज ‘द फेमिली म्यान–२’का निर्माताले विवादबारे एक बयान जारी गरेका छन्। विवादका बारेमा निर्माता टिमले आफूहरुलाई तामिल समुदायको भावना तथा संस्कृतिबारे राम्रो जानकारी रहेको र उनीहरुका लागि धेरै सम्मान तथा माया रहेको उल्लेख गरेका छन्। त्यस्तै निर्माता टिमले सबैलाई केही समय पर्खिन र रिलिज भैसकेपछि शो हेर्न आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
