‘पठान’ मा सलमान ‘टाइगर’को रुपमा शाहरुखसँगै एक फाइट सिनमा देखिने
एजेन्सी। हालसम्म निर्माणको मिति निश्चित नभए पनि ‘पठान’ भारतको सबैभन्दा धेरै प्रतीक्षामा रहेको फिल्म बनिसकेको छ। ‘पठान’ बाटै शाहरुख खान ३ वर्षपछि ठूलो पर्दामा फर्किन लागेका कारण पनि यो फिल्म बहुप्रतिक्षित बनेको छ। हाल यस फिल्मसम्बन्धी निकै रोचक कुरा बाहिरिएको छ। फिल्मको एक फाइटिङ सिनमा शाहरुखसँगै सलमानपनि रसियन माफियासँग लड्ने छन्। उक्त सिनमा सलमान ‘टाइगर’को रुपमा आउनेछन्।
प्रतिक्रिया दिनुहोस्
