‘सीता–द इनकार्नेशन’ मा रावणको भूमिका रणबिर निभाउने एजेन्सी। बलिउडमा ठूलो पर्दामा रामायणका पात्रहरूमाथि फिल्म बनाउने प्रतिस्पर्धा चलेको छ। हालैमात्र अलौकिक देसाईले रामायणकै एक पात्र सीतामाथि आफ्नो अर्को फिल्म बनाउने आधिकारिक घोषणा गरे। सीता माताको जीवन चित्रण गरिने देसाईको फिल्म ‘सीता–द इनकार्नेशन’ बाहुबलीका लेखक केवी प्रसादले लेख्नेछन्। फिल्ममा सीताको भूमिकामा आलिया भट्ट वा करिना कपुरमध्ये एकलाई देखिन सकिने तथा रावणको भूमिकामा रणबिर सिंह रहने बताएको छ।
प्रतिक्रिया दिनुहोस्