एनटीआरको कोरोना रिर्पोट नेगेटिभ
एजेन्सी। गत मे १० मा कोरोना संक्रमित भएका दक्षिण भारतका चर्चित अभिनेता जुनियर एनटीआर आज कोरोना मुक्त भएका छन्। एनटीआरले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट शेयर गर्दै आफ्नो कोरोना रिर्पोट नेगेटिभ आएको बताएका हुन्। उनले उक्त पोष्टमा आफूलाई अस्पतालमा हेरविचार गर्ने सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै कोरोनालाई गम्भीरतापूर्वक लिन सबैलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
