अस्मिता अधिकारीको नयाँ गीत 'जीवन भोगेर' बजारमा काठमाडौं। गायिका अस्मिता अधिकारीले नयाँ गीत 'जीवन भोगेर' बजारमा ल्याएकी छिन्। जीवनको भोगाइ र बुझाइका विषयमा बनेको सो गीतमा संगीत बिपिन घिमिरेको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। गीतमा नवगायक सन्जिब अधिकारीको पनि स्वर रहेको छ। गीतमा शब्द सन्जिब अधिकारीको रहेको छ।
प्रतिक्रिया दिनुहोस्