राधेको पाईरेसी गर्नेलाई कारबाही गर्न दिल्ली अदालतको आदेश एजेन्सी। दिल्ली उच्च अदालतले ह्वाट्सएपलगायत अन्य सामाजिक सञ्जालमा फिल्मलाई गैरकानूनी रुपमा सर्कुलेट गर्नलाई रोक लगाएपछि सलमान खान स्टारर फिल्म‘राधेः योर मोस्ट वान्टेड भाई’को ब्रोडकास्ट अधिकारी रहेको जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजलाई ठूलो राहत मिलेको छ। अदालतले जीले हालेको फिल्मको पाईरेटेड नक्कल तथा विभिन्न भिडियोक्लिप अनधिकृत रुपमा हेर्न र डाउनलोड गर्न सकिने मुद्धामा फैसला दिँदै पाईरेसी गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको हो।
प्रतिक्रिया दिनुहोस्