शाहरुख, सलमान, आमिरजति सफल नहुँदा मलाई फाइदा छः सैफ अली एजेन्सी। बलिउड कलाकार सैफ अली खानले आफू शाहरुख, सलमान र आमिर खानजति सफल नहुँदा फाइदा भएको बताएका छन्। उनी भन्छन्, ‘‘उनीहरुभन्दा कम सफल हुँदा मलाई एक्सपरिमेन्ट गर्ने स्वतन्त्रता मिल्यो र अभिनेताका रुपमा आफ्नो फरक बाटो बनाउन पनि सहज भयो।’’आफूले फरकफरक भूमिकामा अभिनय गर्न पाउँदा अनुभवसमेत बढेको उनको भनाइ छ। यसले अभिनयमा रुचि निकै बढाइदिएको पनि उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्