राधे बन्यो सलमानको हालसम्मको सबैभन्दा कम रेटिङ पाउने फिल्म
एजेन्सी।बलिउड स्टार सलमान खानको नयाँ फिल्म राधेले सलमान खानको फिल्मी करियरमा एक खराब कीर्तिमान कायम गरेको छ।कोरोना महामारीबीच रिलिज भएको ‘राधेः योर मोस्ट वान्टेड भाई’ सलमान खानको हालसम्मकै सबैभन्दा कम रेटिङ पाउने फिल्म बनेको छ।इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी)मा १ लाख ४८ हजार दर्शकहरुबाट राधेले मात्रै १.८ रेटिङ पायो।यसअघि सलमान खानको रेस ३ ले सबैभन्दा कम १.९ रेटिङ पाएको थियो।
प्रतिक्रिया दिनुहोस्
