बेलायती राजकुमारीको बिहे इटालियन व्यवसायीसँग तय
बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।

बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको बिहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

दरबारले बिहीबार जारी गरेको वक्तव्यका अनुसार राजदरबारका नयाँ ज्वाइँ मोज्जी इटलीका व्यवसायी हुन् । उनको परिवार इटलीमा उच्च वर्गको परिवार मानिन्छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनीहरूको बिहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरूको बिहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रुकी छोरी बेट्रिस अहिले ३१ वर्षकी छन् । छोरीको विहे हुने निश्चित भएकोमा आफू प्रशन्न भएको एन्ड्रुले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

बिहे गर्न लागेकी राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारीमध्ये नवौं क्रममा पर्छिन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्