फ्रेन्डसः द रियुनियनको ट्रेलर सार्वजनिक
एजेन्सी।बहुप्रतिक्षित टेलिभिजन शो 'फ्रेन्डसः द रियुनियन'को ट्रेलर हालै रिलिज गरिएको छ।शोको ट्रेलर आएसँगै चर्चाका कारण यो सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ। यस शोको लिड एक्टर जेनिफर एनिस्टन,कर्टेनी कक्स,लिसा कुड्रो,म्याट लेब्लान्क,म्याथ्यु पेरी, र डेभिड स्वीमर पनि देखिने छन्।यसपटक शोमा डेभिड बेकह्याम,जस्टिन बीबर, बीटीएस,लेडि गागा र अन्य धेरै कलाकारहरु देखिनेछन्।'फ्रेन्डसः द रियुनियन' सबैभन्दा पहिले १९९४ देखि २००४ मा एनबीसीमा प्रशारित भएको थियो।
प्रतिक्रिया दिनुहोस्
