बाहुबलीका निर्देशक राजामौलीले दिए जुनियर एनटीआरलाई विशेष उपहार एजेन्सी। दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआरलाई जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक एसएस राजामौलीले विशेष उपहार दिएका छन्। उपहारलाई राजामैलीले सामाजिक सञ्जालमा सेयर गर्ने वित्तिकै त्यो भाइरल बनेको छ। उनले एनटीआरको आउन लागेको फिल्म 'आरआरआर' को पहिलो लुक सेयर गरेका हुन्। फिल्ममा 'कोमराम भीम' को भूमिकामा एनटीआर रहेका छन्। पोस्टरमा जुनियर एनटीआर कालो कुर्ता र सेतो धोतीमा देखिएका छन्।
प्रतिक्रिया दिनुहोस्