‘राधे’ पाएरेसी भएपछि सलमानले फ्यानलाई भने– पाइरेटेड साइट्मा नहेर्नोस्
एजेन्सी। बलिउड सुपरस्टार सलमान खानको हालै रिलिज भएको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ पाइेरसी भएर विभिन्न साइटमा राखिएपछि उनले फ्यानहरुलाई अपिल गरेका छन्। उनले त्यस्ता साइटम राखिएका पाइरेटेड फिल्म नहेर्न आफ्ना फ्यानलाई भनेका छन्। राधेलाई गत साता ओटीटी प्लेटफर्म र विभिन्न देशका हलमा रिलिज गरिएको थियो। फिल्मलाई समीक्षकले नरुचाए पनि सलमानका फ्यानहरुले भने मनपराएका छन्।
प्रतिक्रिया दिनुहोस्
