अन्तरिक्ष स्टेसनमा सिनेमा बनाउदै रसिया, दुई कलाकार छनोट
एजेन्सी। रसियाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको लागि उडान गर्न र अन्तरिक्षमा खिचिने पहिलो फिल्मको लागि एक प्रसिद्ध अभिनेत्री र एक निर्देशकलाई छनौट गरेको छ। बीबीसीकाअनुसार ३६ बर्षिया युलिया पेरेसिल्ड र ३७ वर्षीय क्लीम शिपेन्कोलाई अक्टुबर ५ तारिखमा बैकानूर कोस्मोड्रोमबाट रसियन रकेटमा अन्तरिक्षमा लैजाने तयारी रहेको छ। अन्तरिक्षमा गरिने सो ड्रामाको शीर्षक 'च्यालेन्ज' रहेको छ।
प्रतिक्रिया दिनुहोस्
