कोरोनामुक्त भएपछि अभिनेता रणधीर कपूर घर फर्के
इन्डिया टाइम्स। बलिउड अभिनेता, निर्माता तथा निर्देशक रणधीर कपूर आज कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्केका छन्। शो-म्यान अफ मिलेनियम राज कपूरका जेठा छोरा रणधीरलाई गत २९ अप्रिलमा कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोना देखिएता पनि श्वासप्रश्वासमा गाह्रो नभएको बताइएको छ। उनी घर फर्केता पनि केही दिनका लागि घरमा आइसोलेसनमै बस्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्
