अमिताभ बच्चनले पोल्यान्डबाट मगाए ५० अक्सिजन कन्सन्ट्रेटर इन्डिया टाइम्स। बलिउड महानायक अमिताभ बच्चनले कोभिड-१९ बिरामीका लागि आवश्यक अक्सिजन सहज पार्न पोल्यान्डबाट ५० थान अक्सिन कन्सन्ट्रेटर मगाएका छन्। पोल्यान्डको वार्सस्थित भारतीय कन्सुलले बच्चनको व्यक्तिगत प्रयोगका लागि अक्सिजन कन्सन्ट्रेटर पठाउने भनेकोमा उनले कन्सुलकै सहयोगमा त्यहाँको कम्पनीबाट ५० थान अक्सिजन कन्सन्ट्रेटर, २० थान भेन्टिलेटर मगाएका हुन्। ती सामग्री उनले मुम्बई महानगरपालिका र केही नगर अस्पताललाई दिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्