मदनकृष्णले मनाए अस्पतालमै जन्मदिन काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आज अक्षय तृतीया नेपाली तिथिअनुसार जन्मदिन परेको छ। कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका मदनकृष्णको जन्मदिन अस्पतालमै मनाइएको छ। उनका छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन्। जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन्। मदनकृष्णको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्