सकियो निफ चलचित्र महोत्सव : यी हुन् उत्कृष्ट चलचित्र काठमाडौं। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण भर्चुअल माध्यमबाटै सकिएको छ। निफमा राजेश प्रसाद खत्रीको ‘ए स्केरक्रो’ले लघुचलचित्र अवार्ड जितेको छ। कोरियाली निर्देशक सङ्गबिन बुनको ‘गड्स डटर डान्सेस’ले बागमति अवार्ड पाए। मञ्जुश्री अवार्ड उत्कृष्ट ऐनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारे भने उत्कृष्ट वृत्तचित्रतर्फ गणेश पाण्डेको ‘सिभिल सोल्जर्स’ले हात पारे।
प्रतिक्रिया दिनुहोस्