जुनियर एनटीआर कोरोना सङ्क्रमित, होम आइसोलेनसमा बसे काठमाडौं। तेलुगू फिल्म सुपरस्टार जूनियर एनटीआर कोरोना सङ्क्रमित भएका छन्। आफू सङ्क्रमित भएकोबारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। कोरोना सङ्क्रमित भएपछि उनीसहित परिवारका सदस्यहरू आइसोलेनसमा बसेका छन्। आफू स्वस्थ्य रहेको र सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उनले बताए। यसअघि तेलुगू फिल्म उद्योगका अभिनेता राम चरण, वरुण तेज कोनिडेला, नागाबाबुलगायतका सेलिब्रेटी कोरोना पोजिटिभ भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्