निफमा चलचित्र उधोगमा रोजगारको अवसरबारे छलफल काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोश्रोदिन आज चलचित्र उधोगले नेपालमा रोजगारी सिर्जना र सामाजिक रुपान्तरण गरेको विषयमा छलफल भएको छ। भर्चुअल कार्यक्रममा नेपाली चलचित्र र यसमा श्रमको अवस्थाबारे छलफल गरिएको निफका अध्यक्ष केपी पाठकले बताए। कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य र निर शाहले चलचित्र क्षेत्रको विकासमा गर्नु पर्ने कामको बारेमा बोलेका थिए।
प्रतिक्रिया दिनुहोस्