सलमान खानद्वारा २५ हजार बलिउडका श्रमिकहरूलाई सहयोग टाइम्स अफ इन्डिया। सलमान खानले बलिउड उद्योगका प्राविधिक, मेकअपम्यान, स्टन्टमेन र स्पटब्वाइजलगायत २५ हजार जनालाई जनही १५ सय सहयोग गर्ने भएका छन्। फेडरेसन अफ वेस्टर्न इन्डियन सिने इम्प्लोयिजका अध्यक्ष बीएन तिवारीले यसको पुष्टि गर्दै भनेका छन्, “हामीले सहयोगअपेक्षीको सूची सलमान खानलाई पठाएका छौँ र उनले सहयोग रकम जम्मा गरिदिने वचन दिएका छन्।” केहीअघि खानले फ्रन्टलाइन कर्मचारीलाई खाना बाँडेका थिए।
प्रतिक्रिया दिनुहोस्