नयाँ फिल्ममा कण्डम टेस्टरको भूमिकामा देखिदैं रकुल प्रीत सिंह
काठमाडौं। अभिनेत्री रकुल प्रीत सिंह एक कण्डम टेस्टरको भूमिकामा देखिने भएकी छिन्। तेजस देओस्करको निर्देशनमा बन्ने नयाँ चलचित्रमा उनी कण्डम टेस्टरको भूमिकामा देखिन लागेकी हुन्। सामाजिक पारिवारिक मनोरञ्जनयुक्त फिल्मको उद्देश्य कण्डम प्रयोगप्रति हुने लाजसरम कम गर्नु हो। उनले सरकारी अधिकारी प्रमुख भएर कण्डम बजारमा जानुभन्दा पहिले कम्पनीमै गुणस्तर परीक्षण गर्नेछिन्। कोरोना महामारीको अवस्था सामान्य भएपछि चलचित्रको छायांकन सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्
