ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनबाट ६० जना छानिए
काठमाडौं। ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन-२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धा छनोट भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा विभागले आयोजना गरेको कार्यक्रममा २५० भन्दा बढी नवोदित गायक-गायिकाले भिडियो पठाएर भाग लिएका थिए। ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू उदय सोताङ, प्राश्ना शाक्य, विजय लामा र सुनिता दुलाल रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
