अक्सिजन व्यवस्थापनमा सक्रिय भए नायक पल शाह काठमाडौं। नायक पल शाह अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका छन्। कोरोनाका संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि उनी हाम्रो टीम नेपालसँग मिलेर अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका हुन्। उनको टोलीले आज पनि भक्तपुर अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गरेको छ। यसअघि पहिलो चरणको महामारीको समयमा उनले चलचित्रकर्मीसहित थुप्रैलाई सहयोग गरेका थिए। उनको सामाजिक कार्यले घरमा बसिरहेका अन्य कलाकार झक्झकाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्