सानो हुँदा ममाथि पनि यौन हिंसा भएको थियो : पप गायिका इयलिस
काठमाडौं। ‘ब्रिटिस भग’ म्यागजिनको कभरका लागि फोटोसुट गराएर चर्चामा रहेकी १९ वर्षीया पप गायिका बिल्ली इयलिसले सानो हुँदा आफूमाथि यौन हिंसा भएको बताएकी छिन्। म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो नयाँ गीत ‘यर पावर’ साना बालिकामाथि यौन दुराचार गर्ने पुरुषहरूलाई खुलापत्र भएको जनाएकी छिन्। उनले उक्त घटनाबारे थप विवरण दिन चाहिनन्।
प्रतिक्रिया दिनुहोस्
