असीको दशककी सुपर हिरोइन मिनाक्षी शेषाद्रि कहाँ छिन् अचेल?
एजेन्सी। सन् १९८० देखि बलिउडलाई थुप्रै हिट फिल्म दिएकी अभिनेत्री मिनाक्षी शेषाद्रिले विवाह गरेपछि फिल्मी दुनियाँ चटक्कै छाडिन्। उनी अचेल सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन्। हालै उनले एउटा डान्सपोजको तस्बिर आफ्नो एकाउन्टमा राखिन्। यसलाई उनको अभिनयप्रतिको लगावका रुपमा हेरिएको छ। उनको अनुहारमा उमेरको असर देखिएको छ। प्रशंसकहरुले उनको पोस्टमा थुप्रै कमेन्ट गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
