कालो वर्णकी महिलामा गर्भपतन दर ४३ प्रतिशत बढी : अध्ययन
बीबीसी। कालो वर्णकी महिलामा श्वेत वर्णकी भन्दा ४३ प्रतिशत बढी गर्भपतन हुने खतरा रहेको विज्ञान जर्नल ल्यान्सेटमा प्रकाशित वारविक विश्वविद्यालयको एक अध्ययनले जनाएको छ। सातवटा युरोपेली र केही अमेरिकी देशका ४६ लाख गर्भवती महिलामा गरिएको उक्त अध्ययनले यसरी गर्भपतन हुने महिलाहरूमा मुटुरोग, डिप्रेसनलगायत दीर्घकालीन स्वास्थ्य समस्या देखिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
