चौथो निफ फेस्टिभल यो वर्ष अनलाइनमार्फत हुने काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण अनलाइनमार्फत हुने भएको छ। कोरोना महामारीको बढ्दो संक्रमणका कारण बैशाख २३ देखि २७ गतेसम्म हुन लागेको फेस्टिभल अनलाइनबाट हुने भएको हो। छनोटमा परेका सबै चलचित्र नेट टिभीमार्फत प्रदर्शन गरिने अध्यक्ष केपी पाठकले बताए। विश्वका कथाहरूको उत्सब भन्ने नाराका साथ हुन लागेको फेस्टिभल यसअघि अनलाइन र प्रत्यक्ष हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस्