नायिका सुपुष्पाले गरिन् प्रेमीसँग इङ्गेजमेन्ट काठमाडौं। नायिका सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग इङ्गेजमेन्ट गरेकी छिन्। उनीहरूको वैशाख १७ गते इङ्गेजमेन्टको तयारी थियो। तर, १६ गतेबाट जारी हुने निषेधज्ञाका कारण आजै इङ्गेजमेन्ट गरिएको हो। उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए। चलचित्र 'रणबीर'बाट चलचित्रमा डेब्यू गरेकी सुपुष्पाले 'छ माया छपक्कै' र 'चपली हाइट-३' मा काम गरेकी थिइन्। रौनकले भने कबड्डी चलचित्र निर्माण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्