ओस्कर अवार्डमा यी अभिनेत्रीले लगाइन् ७१ करोडको हिराका गहना
काठमाडौं। ओस्कर अवार्डलाई प्रतिष्ठाको अवार्ड मानिन्छ। यसमा अवार्ड जित्नु मात्रै नभएर रेड कार्पेटमा हिड्नु पनि ठूलो कुरा हो। त्यसका लागि सेलिब्रेटीहरूले महंगा कपडादेखि महंगा गहना लगाउँछन्। ओस्कर अवार्ड २०२१ बाट स्पाइडर-म्यान अभिनेत्री जेण्डाया चर्चामा छिन्। उनले रेड कार्पेटमा ६ मिलियन डलर (७१ करोड भन्दा बढी) मूल्य पर्ने बुल्गारी डायमण्ड लगाएकी थिइन्। उनले औलामा औठी, कान तथा गालामा नेक्लेस लगाएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
