गायिका उर्मिला लाम्गादेको ‘माया बैगुनी’
काठमाडौं। संगीतकार वसन्त सापकोटाको संगीत र शब्दमा रहेको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा स्वर गायिका उर्मिला लाम्गादेको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन छ। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझीको अभिनय रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। प्रज्ज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्
