बेरोजगार नम्रता फिटनेसमा ध्यान दिँदै
काठमाडौं। लगातार तीन चलचित्र फ्लअप भएपछि नायिका नम्रता श्रेष्ठ बेरोजगार छिन्। चलचित्र हात नपरेपनि उनी शरीरलाई फिट राख्न कडा मिहिनेत गरिरहेकी छन्। आफूलाई फिटनेस राख्न जिममा कडा मिहिनेत गर्दै आएको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोबाट पनि देखाउँछ। उनले क्याप्सनमा लेखेकी छिन्, “व्यायाम भनेको शरीरले के गर्न सक्दछ भन्ने उत्सव हो। न की तपाईले खानुभएको कुराका लागि सजाय।”
प्रतिक्रिया दिनुहोस्
