चर्चामा प्रकाश सपूतको गीत, के अझै यो देश मेरो पनि होइन र?
काठमाडौं। प्रकाश सपूतको गीत ‘के अझै यो देश मेरो पनि होइन र?’ चर्चामा छ। सार्वजनिक भएको केही समयमै युट्युब ट्रेण्डिङको एक नम्बरमा आएको यो गीतलाई उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। जसले नेपाली नागरिक भएरपनि नागरिकको महशुस गर्न पाएका छैनन् उनीहरूको पीडा झल्काउने खालको यो गीतले राष्ट्रियताको भाव बोलेको छ। गीतमा हिमाल, पहाड र तराईगरी सबै क्षेत्रको पहिचान झल्किनेगरी प्रस्तुत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
