फ्यानका सुस्वास्थ्य म्यासेजले 'निकै तङ्ग्रिएकी' केकी
काठमाडौं। नायिका केकी अधिकारी अहिले आइसोलेनसमा छिन्। कोरोना सङ्क्रमणको भएको तीन दिनमै रिपोर्ट नेगेटिभ आएकी उनी यतिबेला होम आइसोलेनसमा बसेकी हुन्। उनी सङ्क्रमित भएसँगै चलचित्रको छायांकनसमेत रोकिएको छ। कोरोना सङ्क्रमित भएको खबरपछि धेरैले उनको स्वास्थ्यलाभको कामना फोन, म्यासेज तथा कतिपयले सामाजिक सञ्जालमार्फत् गरे। आफूलाई स्वास्थ्यलाभको कामना गर्नेहरूकै कारण आफू 'निकै तङ्ग्रिएकी' बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस्
