छोरासँग देखिइन मेगन, बेबी बम्पले खिच्यो ध्यान
काठमाडौं। पूर्व अभिनेत्री तथा डचेज अफ ससेक्स मेगन मार्कल चाँडै दोस्रो सन्तानकी आमा बन्दैछिन्। यहिबीच उनी छोरासहित एकसाथ देखा परिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा उनले छोरा आर्चीलाई बोकेकी थिइन। छोरालाई काखमा बोक्दा देखिएको उनको बेबी बम्पले सबैको ध्यान तान्यो। धेरैले उनलाई अग्रिम बधाइ दिएका छन्। बेलायती राजपरिवारले रंग भेदभाव गरेको आरोप लगाएपछि उनी र प्रिन्स ह्यारी चर्चामा थिए।
प्रतिक्रिया दिनुहोस्
