अमेरिकन गायिका टेलरको घरमा प्रवेश गर्ने अज्ञात व्यक्ति पक्राउ काठमाडौं। अमेरिकन गायिका टेलर स्विफ्टको घरमा प्रवेश गर्ने एक अज्ञात व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। न्यूयोर्कस्थित उनको अपार्टमेन्टमा प्रवेश गर्ने ५२ वर्षीय हेन्कस जनसनलाई प्रहरीले पक्राउ गरेको हो। राति ११ बजेतिर उनको घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर गरेकी थिइन्। यसअघि अन्य सेलिब्रेटीको घरमा पनि यस्ता व्यक्ति प्रवेश गर्ने गरेका थिए। सन् २०१८ मा १७ मिलियनमा किनेको अपार्टमेन्टमा उनी बस्छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्