कबड्डी-४ को मुहूर्त, बैशाख १५ बाट छायांकन
काठमाडौं। रामबाबु गुरूङको निर्देशनमा बन्न लागेको कबड्डी–४ को शुभ मुहूर्त गरिएको छ। आज नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो। लकडाउन नभए बैशाख १५ गतेबाट छायांकन सुरु हुनेछ। यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया गुरूङलगायतका कलाकारको अभिनय हुनेछ। यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम सिरिज भनिएको छ।
प्रतिक्रिया दिनुहोस्
