अयज देवगनले छोडे १८० करोड बजेटको फिल्म काठमाडौं। अजय देवगन यशराज फिल्मसको नयाँ चलचित्रबाट पछि हटेका छन्। १८० करोडको बजेटमा बन्न लागेको चलचित्रका लागि समय निकाल्न नसक्दा उनी पछि हटेका हुन्। चंकी पाण्डेको भतिज अहान पाण्डेको यो चलचित्रमा अजयलाई सुपरभिलेनको रोल दिइएको थियो। मल्टीप्ल प्रोजेक्टमा व्यस्त रहेका अजयले समय दिन सकेनन्। शिव रवैलको निर्देशनमा बन्ने यो चलचित्रको छायांकनका लागि अजयसँग लामो समय माग गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्