भेनिटी भ्यान ड्राइभरको कोरोना सङ्क्रमणबाट मृत्युपछि साउथका स्टार रामचरण आइसोलेसनमा
काठमाडौं। भेनिटी भ्यान ड्राइभरको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि टलिउड स्टार रामचरण तेजा आइसोलेसनमा बसेका छन्। पछिल्लो समय उनी चिरञ्जिवीको चलचित्र आचार्यको छायांकनमा व्यस्त थिए। हैदराबादमा चलिरहेको छायांकनको क्रममा ड्राइभरको मृत्युपछि उनी चलचित्रको छायांकन रोकाएर आइसोलेसनमा बसेका हुन्। अहिले चलचित्रको छायांकन बन्द भएको छ।
प्रतिक्रिया दिनुहोस्
