नेपाल-अफ्रिका फिल्म फेस्टिभल शुरु काठमाडौं। ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल-२०२१’ आजबाट काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुरु भएको छ। फेस्टिभलमा नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त ७० चलचित्रमध्ये १८ वटा प्रदर्शन गरिनेछ। कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजनामा नवौं संस्करणको फेस्टिभलमा नेपालका आठवटा चलचित्र रहेका छन्। कोरोना महामारीका कारण कार्यक्रम गत वर्ष हुन सकेको थिएन। फेस्टिभल १२ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस्