सोनू सूद भए कोरोना नेगेटिभ
काठमाडौं। बलिउड अभिनेता सोनू सूदको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। यसबारे जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन्। केही दिनअगाडि कोरोना पोजिटिभ भएपछि उनी होम क्वारेन्टिनमा बसेका थिए। कोरोना महामारीको बेला धेरैलाई सहयोग गरेर मन जितेका उनले क्वारेन्टिनबाटै पनि सहयोगलाई निरन्तरता दिएका थिए।
प्रतिक्रिया दिनुहोस्
