डेढ दर्जनभन्दा बढी सिनेमा हल बन्द काठमाडौं। नेपालका डेढ दर्जनभन्दा बढी सिनेमा हल बन्द भएका छन्। कोरोना महामारीका कारण सिने क्षेत्रले गति लिन नसकेपछि सिनेमा हल बन्द भएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए। अहिलेसम्म काठमाडौंको गंगा हल, जय नेपाल, दमकको चलचित्र मन्दिर, धुलावारीको तृष्णा चलचित्र मन्दिर लगायतका हल स्थायी रूपमै बन्द भएका छन्। हलको बिजुली, बैंकको व्याज तिर्न नसक्दा बन्द गर्न बाध्य भएका हुन्।
प्रतिक्रिया दिनुहोस्