सलमान खानको ‘राधे’ को ट्रेलर सार्वजनिक
काठमाडौं। मे १३ बाट सिनेमा हल र डिजिटल प्लेटफर्मबाट एकसाथ रिलिज हुन लागेको चलचित्र ‘राधे’ को ट्रेलर सार्वजनिक भएको छ। सलमान खान अभिनित चलचित्र इदको अवसर पारेर प्रदर्शनमा आउन लागेको छ। सार्वजनिक गरिएको २ मिनेट ५१ सेकेण्डको ट्रेलरमा सलमान प्रहरीको भूमिकामा देखिएका छन्। सिनेमा बनाउने घोषणा भएदेखि नै चर्चामा थियो। जी स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरलाई दर्शकले रुचाएका छन्।
प्रतिक्रिया दिनुहोस्
